Pages

Saturday, November 18, 2017

GAZAL

गजल  ४

मौकामा हिरा !! फोड भन्छ साथी
कमाउ ..! अनि   जोड भन्छ साथि

स्वाथ्य ...नबिगार ..यसरी हवामा
चुरोट तान्न  ,  . . छोड भन्छ साथि

एउटा नभए  ..अर्को  काम शुरु गर
कर्म को   बाटो मोड ...भन्छ साथी 

अरूको नक्कल हैनगर्ब  अाफ्नै !
जस्तो ! लाखौ करोड भन्छ साथी

खाडी पसे  मरिन्छ  ?...बाचिन्छ  ?
बाझो !  . .करेसा गोड भन्छ  साथी

धोबि ले चाहाँदैमा  . . . घाम लाग्दैन
बिन्तिहात  . .नजोड ..भन्छ साथी   ।।

अार.के.छेत्री

बीरगञ्ज

1 comment: