बले बूबा संग झोकिदै थियो ,” बा ! जुन दिन तपाईले कान्छी शृमति भित्राउनु भयो , हो त्यही दिन बाट म टुहुरो भए । तपाईको लागी त नयॉ जिन्दगी फेरी सुरु भयो होला तर त्यही दिन बाट मेरी आमाले सेतो लुगा लगाकी विधवा को रूपमा पाए र मलाई टुहुरो भएको आभाश भएको छ ।”कालो अनुहार लगाएर... बले का ....बॉ, केही नबोली जोईटिड्ग्रे पारा मा घर भित्र छिरे । सौतेनी आमा के के न भाको होला भनेर आँखा ठुला ठुला बनाउदै हेर्दै थिईन् ।यही कुरा बलेको दिमागमा धेरै पहिले आएका हुन् तर मन भित्रै भित्रै कुँजाएर आज अति भएपछि भन्न बाघ्य भयो । सायद २५-२६ बर्ष पहिले यो कुरा भन्न सकेको भए आज यो दिन अर्कै देख्न पाईन्थ्यो की ।बले ,दिन रात यहि कुराले तनाव मा आफुलाई राख्छ । कहिले काही आफ्नो बाल्यकाल सम्झन्छ । कसैले वास्ता नगरेको ती दिन सम्झन्छ । आमा लाई नोकर जस्तै गरेको सम्झन्छ । आमाको सहनशिलता कति धेरै रहेछ भन्ने कुरा मनन् गर्छ , कुनै कुराले बले की आमा बिचलीत भईनन् र हुन्नन् भन्ने कुरा सम्झन्छ ।बलेले आफ्नो आमा लाई कसले कुन दिन ...के के गाली दिए, के के भने, के काम अह्राए , अनी आमाले कुनै प्रतिकार बिना आफ्नो सबै काम कसरी गरिन भन्ने कुरा प्राय सबै छर्लड्ग छ। हाल आएर बले सम्झन्छ ...आखिर मैले चॉही किन ....? ....केही गर्न सकिन ।करीब ४ बर्ष हुदा हो बले......एक दिन दिदी को हात समाउदै बिध्यालय जादै गर्दा , गाऊँकै दिदी र आफ्नो ठुलो बाँ को छोरी ले गफ गरेको सम्झन्छ । यो बले ले पनि अब सधै दु:ख पाउने भयो । बौऊ ले सौतेनी आमा ल्यई हाले । कस्तो कंश बौ परेछ , बिचरा त्यो आमै को के दोष । गाउँ की दीदिले सान्त्वना िददैं भन्नुभयो, त्यस्तै हुन् यी छोरा मान्छे हरू , बरू यो बले ले अब राम्रो पढेर आफ्नी आमाको ख्याल गरे हुन्छ । सबैले आफ्नो भाग्य मा जे छ त्यही पाउने त हो , तीनी का भाग्य यस्तै रैछ ।गाउँ की दिदी ले थपिन, ह्ँया म त त्यसरी बस्दीनथे । छोरो च्यापेर आफ्नो बाटो तताउथे ।नकरा !! त नि कान्छी हुन आकी त होस्, ठूलो भाग खोज्न ।चुप .....!!!! मेरो कुरा नगर न , काहाँ म आउदा जेठी घरमा थिईन त ? ....जेठी ले घर छोडेको भ’र त उहॉले मलाई बिहे गरेको ।जे सुकै होस्, आखिर तेरो पोई .....जुठो नै हो क्या रे ।ती आमै लाई एऊटा छोरो बाट धेरै आश होला...., त चाही पोईल जाओस् भन्छेस ।त्यो कलिलो दिमागले पनि यो कुरा केही बुझेको रहेछ बलेले ।दिन बित्दै गयो , बले पढाईमा अब्बल थियो। २ बर्ष नपुग्दै स्कूल जान थालको बलेको पढाई राम्रो भएको कारण धेरै ले आफ्नो घर लगेर पढाउनेन नाटक गरे ।बलेकी आमा को के लाग्थ्यो र , आखिर आफ्नो घर लैजान फूपु तयार भईन । सानो बले लाई फुपु को घर लगियो । पढाईमा फेरी त्यहॉ पनि बले पहिलो नै भयो । फुपुको घरमा धेरै टिकेन बले । फुपुका छोरा हरू खेल्न जान्थे..., बले लाई चाही कतै जान निषेध थियो ।बिहान बेलुका र बिदाको दिन बलेले सधै ऊन कोर्न पर्थ्यो । खाना पनि छुट्टाएर दिन थालेपछि बलेले म यहाँ बस्दिन भनेर जिद्दी गर्दै रून थाल्यो । अन्त्यमा बार्षिक परीक्षा नसकिदै बले घर फर्कियो ।छोरो फर्के पछि बलेकी आमा छोरोको बिजोग सहन नसकी धेरै रोईन् । बले एकोहोरो भएर आमालाई हेरी बस्यो। बलेले तेसै दिन अब देखी कतै कसैको घरमा पढाउन लैजान्छु भने पनि नजाने मनमनै प्रण गर्यो । बलेलाई अब कसले पढाउने । बल्ल बल्ल बलेलाई आफ्नी आमाले मेला गएर आएको पैसाले नजिकैको सरकारी विधालय मा भर्ना गरिदिईन् ।विस्तारै यो उमेर आईपुग्दा बलेलाई एऊटा ठुलो योजना थाहा भयो ... फुपुको घरमा बलेलाई लगेर आफ्नी आमा बाट टाढा राख्ने अनि यता आमालाई सौता र शासू को तूक्छ व्यबहार बाट पोईल धपाउन विवस बनाउन सबै लागेका रहेछन् । बलेकी आमा यो कुरा मा कत्ति विचलित भईनन् ।फुपुको हजुरआमा र सौतेनी आमाले धेरै योजना बनाए तर एक पछि अर्को बिफल हुदै गयो ।यस्तैमा हजुरआमा थला परिन....आखिर हजुरआमाको गँु मुत स्याहार्ने बलेकै आमा मात्र परिन । बले सम्झन्छ मर्ने बेला हजुर आमाले हजुर बा लाई मेरो नौगेडी र तिल्हरी यो जेठी बुहारीलाई दिनू भनेको कूरा । तेही गहना पनि कान्छी फुपु ले रातारात गायब गरिन् ।हजुर आमाको १३औं पूण्य तिथी सकेको एक दिन बलेलाई एउटा काका ले पढाउँछु भनेर काठमाडौ लाने कुरा गर्दै गरेको बलेले सुन्यो । जान न मन थिएन तर पनि आमा ले किताब कापी र कलम किन्न सक्ने अवस्था को कारण बले फेरि पढ्न काठमाडौं लाग्यो । काका को मा नि वार्षिक परीक्षा नसकी बले घर फर्कियो । फुपु को घर भन्दा चाही काका को घर को बसाई राम्रो थियो तर बले आमा सँगै बस्छु भनेर घर फर्कियो ।खै कसले भर्ना गर्दियो बले लाई सम्झना छैन तर बले बोर्डिड्ग स्कूल जान थाल्यो । फेरी बले कक्षामा पहिलो हुन थाल्यो ।सायद पढाई मा राम्रो भएकै कारण हुन पर्छ ...बलेलाई बौ ले एउटा राम्रो स्कूल मा परीक्षा मा संलँग्न गराए तर नाम निस्केन ...अर्कोबर्ष मात्र त्याहा नाम निकाल्न बले सफल भयो । मन नहुँदा हुँदै पनि बलेलाई त्याहा पढ्न पछी नपाईएला भन्ने डरले जान बाध्य बनाईयो । अहिले यो कुरा बले सम्झेर झस्ड्ग हुन्छ , तेही पढ्न नगाको भए बले अहिले हलो जोत्दै हुने रहेछ । आखिर कसले पढाउथ्यो होला र बलेलाई ??? तेही पीर ले पनि कक्षा घटेर त्यहाँ पढ्न गयो र तेही बाट १२ कक्षा सम्मको पढाई सक्यो ।उता सौतेनी आमा काग को फुल चोर्न सक्ने खालकी । ठूलो बाउ देखि कुनै काका हरूले मन नपराउने तर पनि हजुर बा लाई फकाएर ९ आना जग्गा रिजाए बापत भनेर हड्प्न सफल भईन ।बौ को बले की आमा प्रति ब्यबहार को कसैले बोल्नेआँट गरेनन् । तेसैले पनि करै करमा बलेकी आमा तेसपछि घर बनाएर छुट्टै बसोबास सुरू गरेका सौता कै घरमा बस्न पर्ने भयो। बले की आमा भन्न लाई एउटै घरमा तर नोकर कै रूपमा बस्न बाध्य पारियो। दिनहुँ घाँस दाउरा र खेती पाती मा कमारो जस्तो लगाईयो ।पहिले पहिला बले यी सबै कुरा बुझेन तर पछि उसले आमा दिन दिनै दुब्लाउदै गएको कारण एक दिन उसले आमालाई छुट्टै बस्ने प्रस्ताव गर्यो तर आमाले मानिनन् । अहिले बुझ्दा त्यो पापी पोई ले छोरोलाई नपढाउला भन्ने कारण ले रहेह ।आफ्नी आमा ले गरेको दु:ख र सौतेनी आमाले ती सोझोपनको फाईदा कत्ति सम्म लिन सकेकी र त्यो पापी बाउ ....जसले कान्छी शृमति त ल्यायो तर किन चुईक्क बोल्न सकेन......सबै चिज बराबर त गर्न सकेन....बराबर दिन सकेन....केही केही कुरा त एउटी शृमति को नाताले हेर्न कर लाग्नु पर्ने ...तर कस्तो निर्दयी पापी होला । कती बैगुनी होला । अनि यो सबै कुरा देखेर नि नदेखे झै गर्ने काका काकी, ठुला बॉ ठुलाआमा, छर छिमेकी कस्ता होलान् ।दिन बित्दै गर्दा शौतेनी भाई बहिनी ठूला हुदै गए , बले भाई बहिनी लाई माया नै गर्थ्यो अनि ती भाई बहिनी लाई पढाउला लेखाउला भनेर अलि शौतेनी आमाको ब्यबहार परिबर्तन हुदै गयो । तेसमा स्वार्थ धेरै लुकेको खुल्स्त देखिन्थ्यो । आमालाई नोकर जस्तै काम लादन पाकै थिईन् अनि छोरालाई आफू अनूकूल गराउन सके कमाई खान सकिन्थ्यो ।बले ले पढाई सकेर जागिरे भयो । उता भाई उच्च अध्यन को लागि अमेरिका गयो । बलेलाई नि बिदेश जाने ईच्छा नभएको कहा हो र ? तर बिदेश जानछु भनेको भए त्यहा केही खलबली अवस्य हुनेथियो ।जागिरे भएतापनि बले ले आफ्नी आमा लिएर छुट्टै बस्ने निर्णय गर्न सकेन । बले लाई अहिले पनि यो कुरा को ठुलो पछुतो छ ।बलेलाई अब बिहे गर्न लगाउने मनशाय शौतेनी बाँ आमा भित्र पलाएको थियो । भित्री कुरा के रहेछ भने , बुहारी आफू छान्ने र उसलाई पनि आफू अनूकूल बनाउने अनि तेही अनुसार सधै बले, बलेकी आमा र बुहारी माथी काबु जमाउने ठुलो षडयन्त्र रहेछ । सबै बुझे पनि बले न आफु कुनै केटी मन पराएर लेराउन सक्थ्यो न काका तथा कसैको आज्ञा अनुसारकै केटी बिहे गर्न सक्थ्यो । बिहेको विषयमा पनि ठलो षड्यन्त्र गरे , भाई बहिनी को पढाई बाकी रहेको र बिहेको लागी धेरै पैसा नभएको भनी कसैलाई नबोलाई बिहे गराउन राजी बनाए । त्योकूरा ले बले झनै निराश भयो । आफनै छोरोको बिहे मा शौतेनी आमा ले बलेकी आमालाई त्यही मन्दिरमा न आउन समेत रोक लगाई दिई छन् , एक सरो कपडा त धेरै परको कुरो । आमा जिउदै हुदॉ नी किन आफुले आफुलाई टूहुरो सोच्छ बले यही कुराले।बले को बिवाह ले बलेलाई मान्छे चिन्ने अवसर पनि दियो। ठुला बाँ , काका काकी तथा अन्य आफन्त सबै बलेकै आगो ताप्ने त रहेछन् । अझ रोचक कुरा के रह्यो भने बले को बिहेमा नआई ठुला बाँ का सन्तान त पारी गाउँको घरमा स-परिवार पुगेछन् । धेरै लाई बलेले जागिर पाएको रिष नै रहेछ , अझ यस्तो बिहे गर्ने ....हामी हाल्थ्यौ पैसा भन्न छाडेका चाहि थिएनन् ।हामी सहयोग गर्छौ भन्न अझ लाज मान्दैनन् , गर्छौ नै भन्छन् ।अब त मन पनि मरेर गए जस्तै भएको छ । संसारमा आफ्नै बौ दुश्मन भन्दा नि निच रैछ भनेर बले सँग आफै भुन भुनिनु बाहेक केही छैन । ठुला बाँ लगायत काका काकी त झन् के कुरा गर्नु , तीनलाई के मतलब । तर झे भएनी केही गर्न नसक्नेले किन ठुला ठुला आस्वासन् देखाउनु । हुन त आफ्नै दाजु भाई बिरुद्ध मुद्धा हाल भनेर सिकाउने बाट के आश गर्नु ।शौतेनी ब्यबहार को पराकाष्ठा नागे पछि, बलेले आफ्नी आमा र शृमति लिएर छुट्टै बस्ने अठोट गरी बाउ सँग अंश दाबी गर्न गयो । तर धुर्त बाउ र चतुर शौतेनी आमा को अगाडी केही लागेन । बलेकी आमा को भविष्य त खतम पार्यो पार्यो अंश सम्म बराबर नदिदाँ त्यो आफ्नै सामू भएको बाउ नर्क को पिसाच झै बोध भयो । धरै लड्न्त गरे पश्चात उनीहरू दिए जति लिन बाध्य गराए । बले र उसकी शृमति ले एउटा चम्चा काटा नलिई त छुट्टै बसि रहेका थिए । तेसैले त्यस्ता पापी को केही नलिई त्यस ठाऊ छोडेर जाउ भनदा बलेकी आमा मानीनन् । अंश को नाम मा एउटा ३ आना को घडेरी र अलिकता बारी समाजलाई देखाउन दिन राजी भए । दुध का साची बिराला भनेझै काका ठुला बाँ सबै हामी सहयोग गरौला त्यही भएनी लि , त्यो नी बौ ले बचेर सक्छ भन्न थाले । साच्चिकै बौ ले एउटा घरत बेचिसकेका थिए ।बले की आमा सार्है सोझी , न बौ बिरूध्द मुद्धा हालौ भनेर बले ले कर गर्दा मान्ने , न त्यो ठाउँ छोड्न मान्ने । आज सम्म धेरै उदाहरण देखियो तर शौता बिरूद्द अलिकत्ता ईख अनि रिष नभको संसारमा एउटै महिला मेरी आमा मात्र होलीन् भनेर पनि बले अचम्म मान्थ्यो । बले र उसकी शृमति आमा लाई ज्यादै माया गर्थे तर आमा अलिकत्ति परिबर्तन नभएको देखेर आजीत पनी थिए ।अंश लिएर छुट्टै बसेको भोली बाट बौ ले नयाँ कार कीने , बहीनीको बिहे अलिकति लाझ नमानी भब्य पार्टी का साथ सु सम्पन्न गरे। जेठी शृमती को छोरो को बिहे मा नबोलाएको भनेर धेरै गुठी भित्र का गाउंले हरू ले त्यो बिहे बहिष्कार गरे, कोही आउन त आए तर केही नखाई फिर्ता गए। कोही काका तथा परिवार हरू विभिन्न बाहानामा आएनन् । बहीनी को बिहे राम्ररी भएकोमा त बले खुशी नै भयो तर उसले त्यो क्षण आफ्नो बाउ नभएको र आफू साच्चै टुहुरो नै रहेछु भन्ने पीडा महशुस गर्यो ।अंश नदिएर वा दिएर राम्रो/नराम्रो भएको हैन .......भित्रै बाट त्यस्तो कपटी बाउलाई कती सराप्नु त्यो पापी लाई । बाँ आमा त भग्वान का रूप भन्छन तर तेस्ता शौतेनी बाँ आमा त कसैको नपरोस । त्यस्तो जोईटिडं्ग्रे बाउ त कसैलाई नपरोस ....त्यस्ताको छोरा वा छोरी भएर नी जन्मिन नपरोस ।बले भित्रको सहन शिलताको हद ननागोस् । अझै आफ्नो शृमान लाई कत्ति गाली नगर्ने न ईख राख्ने बले की आमा को सहन क्षमता , धैर्यता अनि सबैलाई सिधा देख्ने नजर को अगाडी बले आफ्नो आवेग काबु मै राख्छ । भग्वान प्रती आस्थावान छ । बाउको कूभलो हैन भलो चिताउने बले त्यो बाउ को मरन कस्तो होला ?? मर्ने बेला मेरी आमा को काख मा मर्ने ईच्छा भग्वानले कहिले आउन नदिउन र यो बले ले यत्ति चाडो टुहुरो हुन नपरोस भनेर सधै प्राथना गर्छ ।।बले धेरै भित्र भित्र गलिसक्यो तर पनि अझै अघि बडिरहेको छ ।सबैलाई जित्न सकिएला तर बले को बिचार अर्कै छ , उसलाई त्यो पापी भएनी कंश भएनी बाउ लाई जित्नु छैन......उसलाई त जे जस्तो भएनी सपरिवार सँगैसगै जीउन छ । बाउ जिउदो छदै आमालाई बिधवा को रूपमा कुनै आधारमा देख्न मन छैन न त आफू टुहुरो भएको महशुस गर्नु छ ।।।।।
साहित्य : गजल,मुक्तक, कविता ,कथा,उपन्यास ......... बिबिध: समसामयिक विषयमा मन का कुरा अन्य
Saturday, November 18, 2017
टुहुरो --------एक समसामयिक कथा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment