Pages

Friday, February 17, 2012

GAZAL

गजल

तँ मरेर गईस्, बाँच्नेलाई गाह्रो भयो
तेरै लागि सपना,साँच्नेलाई गाह्रो भयो

सँगै हाँस्थएउ, खुशी भएर, तेसैले त
हिजो दिलै खोलेर, हाँस्नेलाई गाह्रो भयो

न त हात चल्छ ,न त पाईलानै चल्छ
आज के भो एक्लै, नाँच्नेलाई गाह्रो भयो

प्रतिभा को खानि थिईस्,तेसैले त आज
रिस् गरि क्षमता ,जाँच्नेलाई गाह्रो भयो


के के भयो अरुको त, थाहा छैन,येति बुझ
हृदयमै तँलाई टाँस्नेलाई गाह्रो भयो


for my late fren:bibek kadayat,ashutosh bhai,........but it was written 4 - cool pokharel(singer

No comments:

Post a Comment